You are viewing the translated version of (नियम २० को उपनियम (३) सँग सम्बन्धित).

Schedule 12
(नियम २० को उपनियम (३) सँग सम्बन्धित)

अनुसूची –१२
(नियम २० को उपनियम (३) सँग सम्बन्धित)

जग्गाको वर्गीकरण गर्दा देहायको क्षेत्रलाई देहाय बमोजिम अंक दिइनेछ ः–

(क) कृषि क्षेत्र – ५० अंक
(१) सिंचाई सुविधा –१० अंक
(अ) अटुट सिंचाई सुविधा भएको –१० अंक
(आ) आँशिक सिंचाई सुविधा भएको –७ अंक
(इ) आकासे पानीमा भर पर्नुपर्ने –३ अंक
(ई) सुख्खा – १ अंक

(२) बाटोको सुविधा –८ अंक
(अ) मूल सडक –८ अंक
(आ) कच्ची सडक –६ अंक
(इ) घोडेटो –४ अंक
(ई) गोरेटो –२ अंक
(उ) बाटो सुविधा नभएको –१ अंक

(३) बाली –४ अंक
(अ) एक भन्दा बढी बाली लाग्ने –४ अंक
(आ) एक बाली लाग्ने –२ अंक

(४) माटोको प्रकार १० अंक
(अ) असल मलिलो १० अंक
(आ डुमट –८ अंक
(इ) ढाप –५ अंक
(ई) बलौटे –३ अंक
(उ) ढुंग्यान –२ अंक

(५) समुन्द्र सतह देखि जग्गाको उचाई –६ अंक
(अ) समुन्द्र सतह देखि ५०० मिटरसम्म –६ अंक
(आ) समुन्द्र सतहदेखि ५०० मिटरभन्दा माथि १००० मिटरसम्म –५ अंक
(इ) समुन्द्र सतहदेखि १००० मिटरभन्दा माथि २००० मिटरसम्म –४ अंक
(ई) समुन्द्र सतहदेखि २००० मिटरभन्दा माथि ३००० मिटरसम्म –३ अंक
(उ) समुन्द्र सतहदेखि ३००० मिटरभन्दा माथि –१अंक

(६) कुषि बजार सुविधा –४ अंक
(अ) मील र किनमेल केन्द्रदेखि ५ कि.मि. सम्म –४ अंक
(आ) मील र किनमेल केन्द्रदेखि ५ कि.मि. माथि १० कि.मि. सम्म –२ अंक
(इ) सो भन्दा माथि –१ अंक

(७) जग्गाको बनाबट –८ अंक
(अ) समतल –८ अंक
(आ) टारी गह –५ अंक
(इ) भीरालो गह नभएको –३ अंक
(ई) साह्ै भिरालो –१ अंक
(ख) व्यवसायिक तथा बसोवास क्षेत्र –५० अंक
(१) बाटोको सुविधा –१० अंक
(अ) मूल सडक –१० अंक
(अ) सहायक सडक –८ अंक
(इ) शाखा सडक –६ अंक
(ई) विकास सडक –४ अंक
(उ) गल्ली बाटो –२ अंक
(ऊ) गोरेटो –१ अंक
(ए) बाटो सुविधा नभएको –० अंक
(२) पानीको सुविधा –१० अंक
(अ) व्यक्तिगत धारा सुविधा –१० अंक
(आ) सार्वजनिक धारा सुविधा –५ अंक
(इ) प्राकृतिक स्रोत (खोला, इनार, कुवा, ट्युवेल)
(१) १ कि.मि. सम्म –२ अंक
(२) १ कि.मि. भन्दा माथि ३ कि.मि. सम्म –१ अंक

(३) ३ कि.मि. भन्दा टाढा –० अंक
(३) विद्युत सुविधा –८ अंक
(अ) अटुट सुविधा –८ अंक
(१) औद्योगिक –८ अंक
(२) आंशिक औद्योगिक –४ अंक
(आ) आंशिक सुविधा –३ अंक
(इ) विद्युत सुविधा नभएको –० अंक
(४) जग्गाको अवस्थिति (व्यापार व्यवसाय केन्द्र, स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्रको
सामीप्य) –८ अंक
(अ) स्वास्थ्य –२ अंक
(आ) शिक्षा –२ अंक
(इ) व्यापारिक –२ अंक
(ई) प्रशासनिक –२ अंक

द्रष्टव्य ः काठमाडौं उपत्यका बाहेक अन्य क्षेत्रको लागि उपर्युक्त सुविधा १० कि.मि. भित्र सम्मको लाई मानिनेछ ।

(५) यातायात सुविधा –५ अंक
(अ) सार्वजनिक यातायात सुविधा भएको –५ अंक
(आ) आंशिक सुविधा भएको –२ अंक
(इ) सुविधा नभएको –० अंक
(६) संचार सुविधा ४ अंक
(अ) टेलिफोन सुविधा भएको –४ अंक
(आ) नभएको –० अंक

(७) ढलको सुविधा –३ अंक
(अ) सार्वजनिक ढल सुविधा –३ अंक
(आ) नभएको –० अंक
(८) अस्थायी बसोवासको प्रकृति –२ अंक
(अ) पूर्णकालीन –२ अंक
(आ) अल्पकालीन –१ अंक

२. माथि उल्लिखित अंकको आधारमा देहायको क्षेत्रको जग्गालाई देहाय बमोजिम वर्गीकरण गरिनेछ ः–

(अ) कृषि क्षेत्रको लागि–
१क वर्ग –४६ अंकदेखि ५० अंकसम्म
१ख वर्ग –३६ अंकदेखि ४५ अंकसम्म
१ग वर्ग –२६ अंकदेखि ३५ अंकसम्म
१घ वर्ग –१६ अंकदेखि २५ अंकसम्म
१ङ वर्ग –१ अंकदेखि १५ अंकसम्म (आ) व्यवसायिक तथा बसोवास क्षेत्रको लागि–
२क –४१ अंकदेखि ५० अंकसम्म
२ख –३१ अंकदेखि ४० अंकसम्म
२ग –२१ अंकदेखि ३० अंकसम्म
२घ –११ अंकदेखि २० अंकसम्म
२ङ –१ अंकदेखि १० अंकसम्म

स्पष्टीकरण ः वर्गीकरणको प्रयोजनको लागि–

(क) “कृषि क्षेत्र” भन्नाले कृषि उत्पादन (अन्न वाली, नगदे बाली, बागवानी आदि) पशुपालन, निजी जग्गामा भएका बृक्षारोपण वा बनवाटिका समेत भएका जग्गाहरूलाई जनाउँछ ।

(ख) “व्यवसायिक तथा बसोवास क्षेत्र” भन्नाले विभिन्न उद्योग व्यापार शिक्षा, स्वास्थ्य, संचार र मनोरञ्जन आदि व्यवसाय संचालन हुने तथा सबै किसिमका बसोवास क्षेत्रलाई जनाउँछ ।